मेरो कविता शब्दहरुको आमहत्या
काट्छु कुनैलाई, रेट्दिन्छु अनी धकेलिदिन्छु भिरमा
नखोज्नु कसैले किन भनेर
पुगेन भने तिमीहरुलाई शब्द
ल्याउ तल्लोघरे दाइको बाट पैचोमा या
पल्लो गाउँको साहुको मा स्वाभिमान धितो राखेर
उहिले
भरिएका ती गाँउ र बस्तिहरु भएथे
लासैलास
रोकिएथे दसैंतिहार, ल्होसर र इद
बेचिएथ्यो त्यो पाखुरी बिना कुनै मोलमा
लुटिएथे दिदीबहिनीहरु अनी
फैलिएथ्यो त्यो कुहिरो
जान्नेहरु भन्थे बादलमा त चाँदिको घेरो हुन्छ
बादल फुटेर बर्सिन्छ
तर कुहिरो ढाक्यो आकाश
अल्मल्याइदियो सबलाई, अनी फर्किए सबै एक अर्कोतिर
भागेको म त्यो कुहिरोबाट
हिड्दै छु यो एक्लो बाटो मात्र
अर्को शब्दको खोजिमा
अनी पार्न लासको थुप्रो बिच बाटोमा
बनाउने निहुँ एउटा कविता
चोक, गल्ली र सडक
देउराली,भञ्ज्याङ र चौतारा
अनी खेत र खलियान
छोड्नेछैन एउटै बाँकी
मिलोस मेरो मनलाई शान्ती
अनी मिलोस यी हात फैलाउन जानेकाहरुलाई
अर्को मौका शब्दको भिख माग्ने ।