मोहनी त्यो रुप तिम्रो लठ्ठ्याउने जहर लाग्यो
यत्रतत्र सर्बत्र नै तिमिलाइ देख्ने रहर लाग्यो
हलचल भो मनभित्र छाल आए किनारसम्मै
कल्पनाको ऐना भरि सपनाको लहर लाग्यो
भावनाको बादलबाट सम्झनाको बर्षा हुँदा
पानी जस्तै म बहेछु तर तिमी नहर लाग्यो
शुन्यतामा हराउँदा तिम्रो याद भयो साथी
बिरानो यो ठाउँ पनि अब आफ्नै शहर लाग्यो
सकिन लौ बिर्सिएर बाँच्न एकपल मात्र पनि
तिमिसित बिताउन मन एक प्रहर लाग्यो
मोहनी त्यो रुप तिम्रो लठ्ठ्याउने जहर लाग्यो
यत्रतत्र सर्बत्र नै तिमिलाइ देख्ने रहर लाग्यो
Advertisement