आज खै किन मेरो मनमा यो topic आयो । साच्चै मानव जीवन के होला त न म जवाफ दिन सक्छु न न महान दार्शनिक हरु नै । darwinism तथा विज्ञान भन्छ यो क्रमिक बिकास बाट बनेको हो। धर्मग्रन्थ हरुका पनि आ-आफ्नै व्याख्यान छन।
गीता भन्छ म मेरो जन्म भन्दा पहिले कही पनि थियिन अनी मेरो मृत्यु पछी पनि मेरो कुनै अस्तिस्व यो धर्तिमा छैन। तर त्यही नै फेरी भनिएको छ कि मानव जीवन त आत्मा को प्रसारण को माध्यम मात्र हो। अर्थात आत्मा सबैथोक हो जिबको शरीर त उसको निमित्त मात्र हो। यो आत्मा अबिनाशी छ जस्तै
ए एन वेत्ती हन्तारम एस्चैन मन्यते हतम
उभोतोउन विजानितो नायाम् हन्ती न हन्यते ।
उसो भये हामी के एउटा चक्रको निरन्तरता मात्रा वा अरु केही ?? यो यक्ष प्रश्न छ ।
गीतामै कृष्ण अर्जुन लाई भन्छन
कर्मन्यावाधिकारेषु मा फलेषु कदाचन
मा कर्मफल हेतुर्भुर्मा ते सङोत्स्वकर्मणी ।
अर्थात फल को आस नराखी काम गर्नु पर्छ तर आजको विश्व परिवेशमा यो सम्भव होला र? के तपाईं ,म अनी हामी केही फल पाउने आस नराखी कुनै काम गर्न सकिएला त?
वैदिक दार्शनिक चार्वाक भन्छन
यावत् जिवेत सुखम् जिवेत ऋणम क्रित्व घ्रितम् पिवेत्
अब darwinism को कुरा , जे भएपनी विज्ञानमा आधारित र त्यतिका वर्ष को खोज बाट निस्केको हो त है त्यो पनि । हो मानिस पनि बिकास क्रमकै एउटा उपज हो । यसका विभिन्न प्रमाणहरु पनि उपलब्ध छन। बाँकी रह्यो कुरा कसरी भयो होला त यत्रो परिवर्तन हामीलाई थाहा छदैछ पृथ्वी को उत्पत्ती भएको पनि धेरै वर्ष बितिसक्यो । कतैकतै यो क्रमिक बिकास र हिन्दू वैदिक साहित्यको अवतार को बिचमा कुनै सम्बन्ध त जोड्न सकिदैन भन्ने पनि कुरा छ तपाईंलाई कस्तो लाग्छ यो evolution र मस्त्य ,कुर्म, बाराह नर्सिन्ह हुँदै राम ,क्रिश्न बनेको उस्तै उस्तै हो हात्ती र हात्तीछाप चप्पल जस्तै । साच्चै नै क्रमिक बिकास हुने भये अब मान्छे पछी के हुने? अनी dianosaur हरु हराएर गए मान्छे हराउन्छ कि हराउदैन?
अन्तमा हाम्रो सृष्टिको कुरालाई अनुत्तरित छाडदै एउटा कुरा लेख्न मन लाग्यो जसरी आए पनि जसरी गए पनि बिचको यो जीवन रमेर जिउ आफ्नै लागि होइन त !!!
त्यही त बचुन्जेल सुखसँग बांच मरेपछि के हो के हो? आज हामीलाई सुहाउने त यो पो होला है ।
अब darwinism को कुरा , जे भएपनी विज्ञानमा आधारित र त्यतिका वर्ष को खोज बाट निस्केको हो त है त्यो पनि ।
खै के हो ? के हो ? यो मानव चोला…
छ, तैपनी भरपर्दो परिभाषा बिहिन जस्तो,
प्रकृतिको बिछुट्टै सुन्दर परीकल्पना,
अनी मिलेको साह्रै सुसोभित एउटा अद् भुत रहस्य पनि….
anyway great topic and nice post….
जीवन र जगतको चित्तबुझ्दो उत्खनन, एउटा दरिलो प्रयास भेटेँ ।
वास्तवमा खै के हो ? के हो ? यो मानव चोला…
सस्तो छ, तैपनी भरपर्दो परिभाषा बिहिन जस्तो,
प्रकृतिको बिछुट्टै सुन्दर परीकल्पना,
अनी मिलेको साह्रै सुसोभित एउटा अद् भुत रहस्य पनि….
great writing in persuit of truth…
keep it up.
Ohooooo…………..timi ta darsanik nai po bhayeau ki k ho………