वनको बाघले खाओस नखाओस मनको बाघले खाएछ
फरक हुन्थ्यो किन जुन जोगी पनि कानै चिरेको आएछ
नाच्न नजान्दा आङन टेढो देख्नेहरु मात्र छन सबैतिर
लौ न सिङ नभएको गोरुले नै नाम तिखे पाएछ
अगुल्टाले हानेको कुकुर झै तर्सिन्छन बिजुली चम्किदा
तर जान्नेले श्रिखन्ड नजान्नेले खुर्पाको बिड बनाएछ
आफ्नो आङ्को भैंसी नदेखी आरुको मा जुम्रा खोज्नाले
सुन्दर शान्त हाम्रो नेपाल बादरको हातमा नरिबल भएछ
Advertisement
वास्तवीकता पोखिएको उत्कृष्ट गजल….
keep it up !!!
ohooooo ramro chha aba best of luck keep ur journy on